होमपेज > छायांकन अगावै होस्टेल ३ को प्रदर्शन मिति घोषणा, ‘माग्ने बुढा’का छोराले डेब्यु गर्ने

छायांकन अगावै होस्टेल ३ को प्रदर्शन मिति घोषणा, ‘माग्ने बुढा’का छोराले डेब्यु गर्ने

बिज्ञापन
बिज्ञापन

फिल्म होस्टेलको तेस्रो श्रृंखलाको प्रदर्शन मिति घोषणा गरिएको छ। छायांकन अगावै होस्टेल ३ को रिलिज मिति घोषणा गरिएको हो। भदौ २१ गतेदेखि छायांकनमा जान लागेको यो फिल्म फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरिएको निर्देशक सशान कँडेलले बताए।

बिज्ञापन

फिल्ममा प्रमुख भूमिकामा कुल ब्वाय अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब यो फिल्ममा अर्को प्रमुख भूमिकामा आशिष घिमिरेको पनि प्रवेश भएको छ। माग्ने बुढा को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा आशिषले बाल्यकालमा चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सै मा आफ्नै पितासँग धुन्धुकारी नामक छोराको भूमिकामा अभिनय गरेका थिए। यस्तै, होस्टेल ३ मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्।

बिज्ञापन

थियटर पृष्ठभूमिबाट फिल्ममा प्रवेश गरेकी हेनाले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू खेल र साहु ब मा पनि अभिनय गरेकी छन्। फिल्म बाइरोडमा समेत उनले अभिनय गरेकी छन्। होस्टेल ३ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका कार्यकारी निर्माता शंकर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह–निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन्

होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर फिल्म निर्माण हुन लागेको जनाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते