होमपेज > जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर क्षतिपूर्ति तिर्न अमेरिकी अदालतको आदेश

जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर क्षतिपूर्ति तिर्न अमेरिकी अदालतको आदेश

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

अमेरिकाको लस एन्जलसस्थित एक अदालतले बहुराष्ट्रिय कम्पनी जोनसन एण्ड जोनसन (J&J) लाई आफ्नो बेबी पाउडरका कारण क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई ९६६ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको छ।

बिज्ञापन

अदालतले कम्पनीलाई मेसोथेलियोमा नामक दुर्लभ प्रकारको क्यान्सरका लागि जिम्मेवार ठहर गर्दै मृतक मे मूरको परिवारलाई १६ मिलियन डलर क्षतिपूर्ति र ९५० मिलियन डलर जरिवाना प्रदान गर्ने निर्णय गरेको हो।

८८ वर्षकी मूरको सन् २०२१ मा मृत्यु भएको थियो। परिवारले उनी जीवनभर जोनसन एण्ड जोनसनको बेबी पाउडर र “शावर-टु-शावर” पाउडर प्रयोग गर्दै आएकी थिइन् भन्ने दाबी गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूको आरोप थियो कि कम्पनीले उत्पादनमा रहेको एस्बेस्टोस (क्यान्सर उत्प्रेरक पदार्थ) को जोखिमबारे उपभोक्तालाई जानकारी नगराई धोका दिएको हो।

बिज्ञापन

अदालतको निर्णायक मण्डलले पनि कम्पनीको लापरवाही र बेइमानीका कारण मूरको क्यान्सर भएको ठहर गरेको छ। कम्पनीले भने निर्णयमाथि असहमति जनाउँदै अपीलमा जाने तयारी गरेको जनाएको छ। जोनसन एण्ड जोनसनका विश्वव्यापी कानुनी सल्लाहकार एरिक हासले भने, “यो फैसला कम्पनीविरुद्ध हालसम्म आएका मुद्दाहरूको परिणामभन्दा पूर्णतः विपरीत छ, हामी तुरुन्तै अपील गर्नेछौं।”

कम्पनीले हालसम्म आफ्ना पाउडर उत्पादनमा एस्बेस्टोस रहेको आरोपमा चलिरहेका मुद्दाहरूका लागि ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको बताइएको छ। हाल पनि विश्वभर ७० हजारभन्दा बढी मुद्दा विचाराधीन रहेका छन्, जसमा मेशोथेलियोमा र पाठेघरको क्यान्सर निम्त्याएको दावी गरिएको छ।

जोनसन एण्ड जोनसनले सन् २०२३ मा विश्वव्यापी रूपमा बेबी पाउडर बिक्री बन्द गरेको थियो। कम्पनीले मुद्दाहरू समाधान गर्न दिवालियापन अदालतमा आवेदन दिने प्रयास गरे पनि ती तीन पटक असफल भएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते