सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको छ। उक्त दुर्घटनामा ९ जना घाइते भएका छन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सुर्खेतबाट दाङ आउँदै थियो भने टिपर छिन्चुबाट सुर्खेत जाँदै थियो। दुर्घटना सोमबार बिहान साढे ७ बजे सुर्खेतको भेरीगंगा नगरपालिका-२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले क.प्र ०२००१ ख.०४३८ नम्बरको फोर्स गाडीलाई ठक्कर दिदा भएको हो।
बिज्ञापन
चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा दाङको राजपुर गाउँपालिका-२ का ३२ वर्षीय भुवन चौधरी, सुर्खेतको सिम्ता गाउँपालिका-६ का ३२ वर्षीया सरिता गरङ्जा, सल्यानको सारदा नगरपालिका- १ का ५० वर्षीय हेमराज बुढाथोकी, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका- ११ का २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन्।
उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।








