हालैको आन्दोलनका क्रममा आगजानी र तोडफोडबाट क्षतिग्रस्त प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवनको पुर्ननिर्माण तथा मर्मत सम्भारका लागि महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ।
बिज्ञापन
बैंकका अनुसार, दरबारमार्गस्थित उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू सञ्चालन गर्न कठिनाई भएकोले तत्काल मर्मत सम्भार र अन्य सिभिल कार्यका लागि सहयोग गरिएको हो। यस पहलले प्रहरी वृत्तको पुर्ननिर्माण कार्य छिटो सम्पन्न हुने विश्वास बैंकले व्यक्त गरेको छ।
बिज्ञापन
त्यसैगरी, बैंकले आफ्नो सम्पूर्ण सेवा पूर्णरूपमा सञ्चालनमा आएको र डिजिटल बैंकिङ सेवा पनि सुरक्षित रुपमा उपलब्ध रहेको जानकारी गराएको छ। हाल बैंकको लेकसाइड शाखा बाहेक १०२ शाखा कार्यालयहरू देशभर सक्रिय छन् । महालक्ष्मी विकास बैंकले नेपाली जनतालाई घरदैलोमै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।








