नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, २०२५ को अगस्त महिनामा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो।
बिज्ञापन
गत वर्ष २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल आएका थिए। कोभिड महामारी अघि, सन् २०१९ को अगस्तमा यो संख्या ९४ हजार ७४९ रहेको थियो।
बिज्ञापन
पर्यटन बोर्डका अनुसार, नेपाल आउने कुल पर्यटकमध्ये सबैभन्दा धेरै ५३ प्रतिशत दक्षिण एशियाली मुलुकका रहेका छन्। अन्य एशियाली मुलुकबाट १७.८ प्रतिशत, युरोपबाट १२.६ प्रतिशत र अमेरिकाबाट ८.२ प्रतिशत पर्यटक आएका छन्।
नेपालको पर्यटन क्षेत्र कोभिडपछिको पुनरुत्थानको चरणमा रहेका बेला पछिल्लो समय देखिएको यो वृद्धि सकारात्मक संकेतको रूपमा हेरिएको छ।








