अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ नाघेको छ। ६.३ रेक्टर स्केलको उक्त भूकम्पबाट २,८०० भन्दा बढी मानिस घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन्।
बिज्ञापन
टोलोन्यूजले अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै मृतक संख्या अझै बढ्न सक्ने जनाएको छ। भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र रुपमा जारी छ।
बिज्ञापन
भूकम्पको केन्द्रबिन्दु जमिनको १६० किलोमिटर गहिराइमा रहेको बताइएको छ। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो। पहिलो ठूलो झट्पछि ४.७, ४.३ र ५.० रेक्टर स्केलका परकम्पहरू पनि आएका छन्।
अन्तर्राष्ट्रिय समुदायबाट सहायता
बिज्ञापन
भूकम्पपछिको विनाशप्रति विश्वभरका देशहरूले दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्। भारत, साउदी अरब, जापान, र रुसलगायतका मुलुकहरूले अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्ने घोषणा गरेका छन्। भारतले २ हजार टेन्ट र १५ टन खाद्यान्न आपूर्ति गर्ने जनाएको छ।
विश्लेषकहरूका अनुसार, यो भूकम्प पछिल्ला वर्षहरूमा अफगानिस्तानले भोगेको सबैभन्दा विनाशकारी मध्ये एक हो।








