होमपेज > नयाँ ऊर्जा प्रविधिमा चीनको ऐतिहासिक अग्रता, विश्वका लागि प्रेरणा

नयाँ ऊर्जा प्रविधिमा चीनको ऐतिहासिक अग्रता, विश्वका लागि प्रेरणा

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चीनले नयाँ ऊर्जा प्रविधिको विकास तथा नवप्रवर्तनमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वमै अग्रस्थान ओगटेको छ। हालसम्म विश्वभर दर्ता गरिएका कुल नयाँ ऊर्जा प्रविधिगत अधिकारमध्ये ४० प्रतिशतभन्दा बढी स्वामित्व चीनले प्राप्त गरिसकेको छ।

बिज्ञापन

मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले यो जानकारी दिनुभयो। उहाँका अनुसार, चौधौँ पाँचवर्षीय योजना (सन् २०२१२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ।

ऊर्जा रूपान्तरणदेखि भण्डारणसम्म चीनको नेतृत्व

बिज्ञापन

सौर्य ऊर्जाको रूपान्तरण दक्षतामा चीनले पछिल्ला वर्षहरूमा महत्वपूर्ण सुधार गरेको छ। घामबाट विद्युत् उत्पादन गर्ने प्रविधि अत्याधुनिक बनाउँदै, चीनले उच्च स्तरको सौर्य प्यानल तथा रूपान्तरण प्रणाली विकासमा सफलता पाएको हो।

त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुने विशाल क्षमताका टर्बाइन निर्माणमा पनि चीन अग्रपंक्तिमा पुगेको छ। योसँगै, नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीको विकास र कार्यान्वयनमा चीन अहिले विश्वकै अगाडि रहेको वाङ होङझीले बताए।

हरित विकासतर्फको दृढ कदम

चीनले प्रविधिगत नवप्रवर्तनसँगै वातावरणमैत्री तथा दिगो ऊर्जा विकासमा पनि विशेष जोड दिएको छ। चिनियाँ प्रविधिहरू अहिले विश्वका धेरैजसो देशमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

ऊर्जा क्षेत्रमा अनुसन्धान, विकास र लगानीमा चीन निरन्तर सक्रिय रहँदै आएको छ। “हामी स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा भविष्य निर्माण गर्न प्रतिवद्ध छौं,” वाङले बताए। उनले चीनले नयाँ ऊर्जा क्षेत्रमा विश्व समुदायसँग सहकार्य गर्दै अघि बढ्न चाहेको पनि स्पष्ट पारे।

विश्वका लागि प्रेरणाको स्रोत

विश्वव्यापी रूपमा बढ्दो जलवायु संकट र ऊर्जा मागलाई ध्यानमा राख्दै, चीनको प्रविधिगत प्रगति र अग्रता सम्पूर्ण विश्वका लागि प्रेरणादायक बन्न थालेको छ। वातावरण र आर्थिक विकासलाई सन्तुलनमा राख्दै, चीनले देखाएको मार्गदर्शनले दिगो ऊर्जा भविष्य निर्माणमा नयाँ आशा जगाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते