होमपेज > विशाल बजारको साधारणसभा रोक्न उच्च अदालत पाटनको आदेश

विशाल बजारको साधारणसभा रोक्न उच्च अदालत पाटनको आदेश

बिज्ञापन
बिज्ञापन

उच्च अदालत पाटनले विशाल बजार कम्पनीको साधारणसभा रोक्न आदेश दिएको छ।

बिज्ञापन

न्यायधीश टंकप्रसाद गुरुङ र ऋषिराज भण्डारीको संयुक्त इजलाशले साधारणसभा रोक्न अन्तरिम आदेश दिएको हो। कम्पनीले फागुन २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको थियो। अदालतको यो आदेशसँगै उक्त मितिमा हुने सभा रोकिएको छ। कम्पनीले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्म ५ आर्थिक वर्षको साधारणसभा बोलाएको थियो।

बिज्ञापन

कम्पनीका ११ जना शेयरधनीले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दा दायर गर्ने सुनिल कुमार शाक्य, मुकुन्द प्रसाद पौडेल, चौथमल अग्रवाल, राजेश रत्न तुलाधर, रबिकुमार बंशल, घनश्याम अग्रवाल, नबिनराज श्रेष्ठ, नबिश श्रेष्ठ, सुरेशमान श्रेष्ठ, बिन्दिरा श्रेष्ठ र किशोर लोहिया रहेका थिए।

उच्च अदालतले कम्पनीको शेयरधनीहरुको लगानीको मुल्यांकन नगरी निजहरुलाई अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरुको हक हितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्वान्त समेतलाई मध्यनजर गर्दा निवेदकहरुको मागदावी सम्बोधन गर्न भन्दै साधारण सभा रोक्न आदेश दिएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते