होमपेज > साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा

साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा

बिज्ञापन
बिज्ञापन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा (साउन) नेपालले रु १ खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागका अनुसार यो अवधिमा कुल वैदेशिक व्यापार रु १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको भएको छ।

बिज्ञापन

साउनमा देशले रु १ खर्ब ४३ अर्ब ४ करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यस वर्ष आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।

बिज्ञापन

भारत र चीनसँगको व्यापार

भारतसँग साउन महिनामा रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु ६४ अर्ब ८ करोड ७८ लाख घाटा व्यहोरेको छ।
चीनसँग भने रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु ५ करोड ४८ लाख बराबरको निर्यात हुँदा रु २७ अर्ब ९४ करोड १२ लाख घाटा भएको छ।
जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेसहितका केही मुलुकसँग भने यो अवधिमा व्यापार नाफा भएको छ।

बिज्ञापन

यी हुन् सबैभन्दा बढी आयात भएका सामग्री

साउनमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।

पेट्रोल: रु ५ अर्ब ७७ करोड १४ लाख
डिजेल: रु ५ अर्ब ८८ करोड ७७ लाख
एलपी ग्यास: रु ४ अर्ब ६६ करोड ६४ लाख

त्यसैगरी,

कच्चा सोयाबिन तेल: रु १० अर्ब ८० करोड ९५ लाख
स्मार्टफोन: रु ३ अर्ब ४१ करोड ९२ लाख
मोटरसाइकल: रु १ अर्ब ७४ करोड ४८ लाख
फलामजन्य वस्तु: रु ३ अर्ब ७ करोड
सुन: रु १ अर्ब ५२ करोड ६३ लाख आयात भएको छ।

प्रमुख निर्यात सामग्री

साउन महिनामा निर्यातमा सबैभन्दा अगाडि भटमासको तेल रहेको छ, जसको मूल्य रु १० अर्ब ६९ करोड ५८ लाख बराबरको छ। यसबाहेक प्लाईउड, फलफुल जुस, धागो, गलैंचा, अलैंची लगायतका सामग्री पनि निर्यात भएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते