होमपेज > ३२.८१ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको खुद नाफा, ईपीएस पनि बढ्यो

३२.८१ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको खुद नाफा, ईपीएस पनि बढ्यो

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचांकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ।

बिज्ञापन

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ। त्यस्तै अघिल्लो वर्ष बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि साढे ९ अर्ब रुपैयाँबाट बढेर ११ अर्ब १६ करोड रुपैयाँ नाघेको छ।

बिज्ञापन

त्यसैगरी बैंकले अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ३१।६३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। आम्दानी र नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको यस बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९५ करोड रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले १ अर्ब १० करोड रुपैयाँ सापटी लिएर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते