होमपेज > माबिलुङ्ग इनर्जीले आजदेखि आइपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने?

माबिलुङ्ग इनर्जीले आजदेखि आइपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने?

बिज्ञापन
बिज्ञापन

माबिलुङ्ग इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी शेयर निष्काशन गर्न लागेको हो ।

बिज्ञापन

कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन अनुमति पाएको थियो । पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बाँडफाँट गरिसकेको छ ।

बिज्ञापन

अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरिनेछ । यसमा ३० हजार ९५ कित्ता शेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध रहनेछ । आइपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ भदौ ९ गतेसम्म खुल्ला रहनेछ भने छिटोमा साउन २९ गते बन्द हुने सम्भावना छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले माबिलुङ्ग इनर्जीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते