होमपेज > टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प

बिज्ञापन
बिज्ञापन

टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।

बिज्ञापन

राष्ट्रपति रेचेप तैयप एर्दोआनले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारमा समवेदना र भूकम्पबाट घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुनस्स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विपत्तिबाट जोगाउनून्,’ उनले ‘एक्स’मा लेखेका छन् । गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सकिएको बताएका छन् । उनका अनुसार ठूलो क्षति वा मानवीय हानीको संकेत भेटिएको छैन ।

तर, भूकम्पको केन्द्रविन्दु सिन्डिर्गीका तस्वीरहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ । टर्की तीन ठूला टेक्टोनिक प्लेटको संगमस्थलमा रहेकोले यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्छ । सन् २०२३ फेब्रुअरीमा आएको ७.८ म्याग्निच्युडको भूकम्पले देशको दक्षिणपूर्वी क्षेत्र ध्वस्त हुँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । छिमेकी सिरियामा पनि ५ हजार जनाको ज्यान गएको थियो ।

बिज्ञापन

सो भूकम्प आएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि लाखौं मानिस अझै विस्थापित अवस्थामा छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते