होमपेज > सागर डिष्टिलरी लिमिटेडको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

सागर डिष्टिलरी लिमिटेडको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

बिज्ञापन
बिज्ञापन

सार्वजनिक निष्काशन (IPO) को तयारीमा रहेको सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ।

बिज्ञापन

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै निष्काशन गरेको आईपीओको बाँडफाँड प्रक्रिया सकिसकेको जनाएको छ। अब भने सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्न लागेको हो। जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीले यसको २० प्रतिशत बराबरको १४ करोड ५२ लाख रुपैयाँ (१४ लाख ५२ हजार कित्ता शेयर) आईपीओमार्फत निष्काशन गर्न अनुमति पाएको हो।

बिज्ञापन

यसअन्तर्गत, सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यी शेयरहरू प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुनेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। सागर डिष्टिलरी लिमिटेडको आईपीओमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत तथा मेरोसेयरबाट पनि आवेदन दिन सक्नेछन्।

बिज्ञापन

संक्षिप्त विवरण:

कम्पनीको नाम: सागर डिष्टिलरी लिमिटेड
आईपीओ खुल्ने मिति: २०८२ भदौ २५ गते
जारी पुँजी: रू. ७२.६० करोड
निष्काशन हुने शेयर संख्या: १४ लाख ५२ हजार कित्ता
सर्वसाधारणका लागि: ११ लाख ९० हजार ६४० कित्ता
बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेड

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते