होमपेज > तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ

तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौँको तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । तारकेश्वर ११ र काठमाडौँ महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।

बिज्ञापन

प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए । २२ गते काठमाडौँ महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए । सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए ।

बिज्ञापन

सो जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको चन्दले जानकारी दिए । विवादले झडपकै रुप लिएपछि हाल उक्त करिडोर निर्माण रोकिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले करिडोर निर्माणको ठेक्का पाएको कम्पनीलाई पत्राचार गर्दैै उक्त कार्य रोक्न असार २३ गते नै निर्देशन दिएको थियो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते