होमपेज > टाटाको विद्युतीय गाडी टियागोको मूल्यमा वृद्धि, कति बढ्यो मूल्य?

टाटाको विद्युतीय गाडी टियागोको मूल्यमा वृद्धि, कति बढ्यो मूल्य?

बिज्ञापन
बिज्ञापन

टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिसँगै अब टियागो ईभी लङ रेन्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ हुनेछ । आर्थिक वर्ष २०८१/८२ को बजेट नीतिका कारण मूल्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

२ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स लिमिटेडको सहकार्यमा न्यूनतम मूल्य वृद्धि गरिएको कम्पनीले जनाएको छ । मूल्य धेरै बढदा ग्राहकलाई पर्न जाने भारलाई मध्यनजर गरेर न्यूनतम मूल्य वृद्धि गर्न लागिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार टियागो ईभी खरिद गर्न चाहने ग्राहकका लागि सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ । टियागो ईभी नेपालको विद्युतीय चारपाङ्‍ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार हालसम्म सो गाडीका २ हजारभन्दा बढी ग्राहकहरू रहेका छन् । यो संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गइरहेको कम्पनीले जनाएको छ ।आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन सजिलो, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि टियोगो ईभीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते