होमपेज > शेयर खरिद बिक्री: के छ एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा? (पत्रसहित)

शेयर खरिद बिक्री: के छ एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा? (पत्रसहित)

बिज्ञापन
बिज्ञापन

एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा चौतर्फी प्रश्न उठे पछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ ।

बिज्ञापन

पूँजीगत लाभकर छलि गरेको भन्दै प्रश्न उठेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बुधवार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका थिए । खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको शेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मंसिर १५ गते एनसेललाई शेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो ।

बिज्ञापन

नेपाल दूरसञ्चार प्राधिकरण अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुना साथ तत्काल सो कागजातहरू संकलन गरी दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको शेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने समेत जानकारी गराएको छ । एनसेलको शेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते