होमपेज > राष्ट्रिय बीमा कम्पनी १२ ‌औ वर्षमा प्रवेश

राष्ट्रिय बीमा कम्पनी १२ ‌औ वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

नेपालको बीमा व्यवसायमा पायनियर र सबै भन्दा पुरानो राष्ट्रिय बीमा कम्पनी लिमिटेड साउन १८ गतेबाट १२ ओैं वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसाय हेर्ने विभागलाई छुट्टै स्वतन्त्र निकायको रूपमा निर्जीवन बीमा व्यवसाय गर्नेगरी नेपाल सरकारको निर्णय बमोजिम कम्पनी ऐन,२०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७१ जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट व्यावसायिक कारोबार सञ्चालन गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा कम्पनी हो। यो बीमा कम्पनी आजदेखि स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

लष्mद कष्मभदबचनेपालको संविधानले नागरिकको सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा स्वीकार गरेको छ भने, बीमा व्यवसायलाई दिगो आर्थिक सुरक्षाको माध्यमका रूपमा पहिचान गरेको छ। नेपाल सरकारको १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम, वार्षिक बजेट र नेपाल बीमा प्राधिकरणको बीमा नीतिमा बीमा पहुँच विस्तार, सामाजिक सुरक्षा विस्तार, जोखिम न्यूनीकरण र वित्तीय समावेशीताको प्रवर्द्धन मार्फत बीमा क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डका रूपमा अगाडि बढाउने रणनीति तय गरिएको छ ।

यिनै नीतिगत दृष्टिकोणलाई आत्मसात गर्दै कम्पनीले पारदर्शिता, उत्तरदायित्व, नवप्रवर्तन र प्राविधिक सशक्तीकरण मार्फत सेवा प्रवाह गर्न प्रतिबद्धता जनाएको छ । ५८औं वर्षको व्यावसायिक यात्रामा नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणको प्रमुख सहयोगीको भूमिका निर्वाह गर्दै यस कम्पनी प्रभावकारी सुशासन, चुस्त सेवा र व्यावसायिक स्वस्थता कायम गर्न पूर्ण प्रतिबद्ध रहदै आएको छ।

बिज्ञापन

यस यात्रामा विश्वासका साथ सहकार्य र सहयोग गर्ने महालेखा परीक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, कर्मचारी सञ्चय कोष, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्थाहरू, संस्थागत तथा व्यक्तिगत ग्राहकहरू, अभिकर्ताहरू, सर्भेयरहरू, पुनर्बीमक र समग्र व्यावसायिक सहयोगीहरूमा कम्पनी हार्दिक आभार प्रकट गरेको छ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड आगामी दिनहरूमा संविधान, नीति तथा योजना अनुसार सबै क्षेत्रका नागरिकहरू समक्ष बीमाको पहुँच पुऱ्याउने, समयसापेक्ष सेवा विकास गर्ने र विश्वासिलो, सुलभ तथा दिगो बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते