होमपेज > निशुल्क आँखा उपचार शिविरमा १ सय १६ जनाको आँखाको शल्यक्रिया

निशुल्क आँखा उपचार शिविरमा १ सय १६ जनाको आँखाको शल्यक्रिया

बिज्ञापन
बिज्ञापन

रोल्पास्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको आयोजनामा रोल्पाको लिवाङमा भएको निशुल्क आँखा उपचार शिविरमा १ सय १६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। आँखामा मासु पलाएको समस्याका ३ जनाको पनि अप्रेसन गरिएको छ।

बिज्ञापन

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी रोल्पाले शिविर आयोजना गर्न सघाएका थिए । तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाका संयोजक खड्क भाटले फागुन ७ र ८ मा सम्पन्न आँखा शल्यक्रिया शिविरमा वृद्धवृद्धा र बालबालिकाले समेत सेवा पाएको उनले बताए ।शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. विवेक विष्ट, डा. लिनु रायमाझी र वरिष्ठ नेत्र अधिकृत राम सिंह तामाङसहितको प्राविधिक टोली खटिएको थियो।

बिज्ञापन

शिविरलाई सफल बनाउन रोल्पा उद्योग वाणिज्य संघ, रोल्पा नगरपालिका लगायतका निकायले आर्थिक एवं मानवीय सहयोग गरेका थिए । तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पालाई मोतिविन्दुको कारणले हुने अन्धोपन न्यूनीकरण अभियानमा थप सक्रिय बनाउनेतर्फ योजना अघि सारिएको संयोजक भाटले बताए । शिविर यसै वर्ष करिब करोडको लगानीमा लिवाङमै निर्माण गरिएको आँखा सर्जिकल केन्द्र रोल्पाको नयाँ भवनमा सम्पन्न गरिएको हो । केन्द्रलाई आँखा उपचार आवश्यक गुणस्तरीय औजार र साधन स्रोतले सम्पन्न बनाउन तिलगंगा आँखा प्रतिष्ठान प्रतिबद्ध हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते