होमपेज > बनाना रिसोर्टमा आगलागी: ४० लाख रूपैयाँ बराबरको क्षति

बनाना रिसोर्टमा आगलागी: ४० लाख रूपैयाँ बराबरको क्षति

बिज्ञापन
बिज्ञापन

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ ।

बिज्ञापन

केराको मात्र परिकार पाउने सो रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगोलागी भएको हो ।

बिज्ञापन

बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन् । आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।

यी सामनहरु काम नै नलाग्ने गरि जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको रिसोर्टका संचालक गुप्ताले बताए । आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय , नेपाल प्रहरी , सशस्त्र प्रहरी र बरुण यन्त्र ( दमकल ) घटनास्थलमा पुगेको थियो । अहिले आगलागी नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।

बिज्ञापन

आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते