होमपेज > आईएमई लाइफ इन्स्योरेन्सको ‘विजनेश एक्सिलेन्ट अवार्ड नाइट २०२५’ सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको ‘विजनेश एक्सिलेन्ट अवार्ड नाइट २०२५’ सम्पन्न

बिज्ञापन
बिज्ञापन

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान गर्ने उद्देश्यले Business Excellence Award Night 2025 (BEAN-2025)” सम्पन्न गरेको छ।

बिज्ञापन

पोखरास्थित पोखरा ग्राण्ड होटलमा आयोजित उक्त कार्यक्रम कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू र अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो।  कार्यक्रममा उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तरताको उच्च मूल्यांकन गर्दै सफल अभिकर्ताहरूलाई सम्मान गरिएको हो। सम्मानस्वरूप नेपालमै निर्मित स्वदेशी “आँखिझ्याल” शैलीको विशेष अवार्ड प्रदान गरिएको थियो, जसले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।

बिज्ञापन

समारोहका प्रमुख वक्ता पवन कुमार खड्काले भने, “कम्पनीको हरेक सफलता र सम्मान हाम्रो अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर समर्पण र सहकार्यको प्रतिफल हो। आगामी दिनहरूमा आईएमई लाइफ अझ प्रगतिशील, प्रविधिमैत्री र बीमित तथा अभिकर्ता केन्द्रित सेवा प्रवाहमा केन्द्रीत हुनेछ।” कार्यक्रमले अभिकर्ताहरूको उत्साह बढाउनुका साथै कम्पनीको सेवा सुधार र नवप्रवर्तनमा थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते