नेपाली बजारमा आज मंगलबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा खरिद-बिक्री भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।








