होमपेज > ज्योति विकास बैंकको इन्टरबैंक टेलर क्युआर सेवा सुरु

ज्योति विकास बैंकको इन्टरबैंक टेलर क्युआर सेवा सुरु

बिज्ञापन
बिज्ञापन

ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सञ्चालनमा ल्याएको छ ।

बिज्ञापन

यस सेवा मार्फत अब ज्योति विकास बैंकमा खाता नभएका ग्राहकले पनि आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर नगद झिक्न सक्नेछन् । बैंकका अनुसार सेवाग्राहीले जुनसुकै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग सेवा सक्रिय राखेको हुनुपर्छ । त्यसपछि ग्राहकले ज्योति विकास बैंकको कुनै पनि शाखामा गएर त्यहाँ रहेको टेलर क्युआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्छन् । सेवा प्रयोग गर्दा वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

बिज्ञापन

एटीएम वा आफ्नै बैंकको शाखा नपुगेको अवस्थामा यो सेवा वैकल्पिक र सुविधाजनक उपाय बन्ने बैंकको विश्वास छ । यसले डिजिटल बैंकिङ प्रयोगकर्ता र टेलर सेवा चाहनेहरूबीचको दूरी घटाउनेछ । ज्योति विकास बैंकले डिजिटल प्रविधिमार्फत पहुँच र सन्तुष्टिमा केन्द्रित सेवा प्रवाह गर्दै आएको र भविष्यमा अझ नवीनतम समाधानहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते