साताको चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा पुगेको हो ।
बिज्ञापन
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले घटेर ५१६ दशमलव १७ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
बिज्ञापन
आजको प्रि ओपनमा ८४ कम्पनीका २६ हजार ९८९ कित्ता शेयर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।








