होमपेज > रसुवागढीमा आएको बाढीमा सात जनाको मृत्यु, ५५ को उद्दार (अपडेट)

रसुवागढीमा आएको बाढीमा सात जनाको मृत्यु, ५५ को उद्दार (अपडेट)

बिज्ञापन
बिज्ञापन

तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ ।

बिज्ञापन

नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।

बिज्ञापन

गोसाइकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ । हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । त्यस्तै ७÷८ वटा इभी गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

बिज्ञापन

हाल रसुवा गोसाइकुण्ड गाउपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते