होमपेज > त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो । ती तिन जनाको नाम आज कुलपतिलाई बुझाइएको र चाँडै नै उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ । सिफारिसमा को–को परे भन्ने विषय भने गोप्य राखिएको छ ।

बिज्ञापन

त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार निमित्त उपकुलपति प्राडा खड्ग केसी, प्राडा बिनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्रा। डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको थियो । उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

बिज्ञापन

४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते