होमपेज > शेयर बजारमा हरियाली, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

शेयर बजारमा हरियाली, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
शेयर बजारमा हरियाली, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्
बिज्ञापन

नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३४.४२ अंकले बढ‍ेर २६९४.८२ विन्दुमा अडिएको छ।

बिज्ञापन

सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४६२.२७ विन्दुमा पुगेको छ।नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ९ अर्ब माथिको सेयर कारोबार भएको छ। मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन सोमबार पनि नेप्से वृद्धि भएको थियो।

बिज्ञापन

आज ३१६ स्क्रिप्सको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.०५ प्रतिशतले बढ्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ५४ करोड बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रहयो। साहस उर्जाले ४८ करोड मूल्य बराबरको शे‍यर कारोबार गर्दा शप्तकोशी डेभलपमेन्ट बैंकले ३४ करोड,लक्ष्मी सनराइज बैंकले २९ करोड र बुटवल पावरको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

बिज्ञापन

सबै समूहको उपसूचकमा हरियाली छाएको छ। कोरोबारमा आएकामध्ये १८२ स्टक्सको मूल्य बढ्दा ६५ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते