होमपेज > नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश

नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

नेपाल वायुसेवा निगम मङ्गलबार स्थापनाको ६८ औँ वर्षमा प्रवेश गरेको छ । २८ सिट क्षमतायुक्त डोग्लस डिसी तीन डाकोटाबाट सेवा आरम्भ गरेको निगमले विभिन्न आरोह अवरोहका बिच हाल वाइडबडी ए ३३०–२०० सिरिजका विमानमार्फत हवाई सेवा दिँदै आएको छ ।

बिज्ञापन

निगमको हवाई इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम समय मानिने गरिन्छ । त्यसबखत गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाकादेखि चीनको साङ्घाई हुँदै युरोपली मुख्य सहरहरू लन्डन, पेरिस, फ्य्राङ्कफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमानचालक (पाइलट) प्रशस्त थिए । त्यतिखेर दक्षिण एसियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रूपमा स्थापित निगमले विश्वका २० वटा सहरमा उडान भर्ने गरेको थियो ।

बिज्ञापन

सानाठुला गरेर कुनै बेला २१ वटा जहाज रहेको निगम हाल अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका जहाजबाट आठ मुलुकका १० वटा गन्तव्यमा खुम्चिएको छ । त्यसै गरी आन्तरिकतर्फ व्यावसायिक उडानका लागि जहाज नहुँदा १९ सिट क्षमताका दुई वटा साना जहाजबाट दुर्गम भेगका विमानस्थलमा राज्यको उपस्थिति जनाइरहेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्ने, पर्यटन प्रवर्धन र आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै राज्यको सानका रूपमा स्थापित निगम अहिले गुम्दै गएको आफ्नो बजार हिस्सा जोगाउन राज्यले साथ दिनुपर्ने अवस्थामा आएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते