होमपेज > नाबालिग किशोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका वाईसीएल नेता निलम्बित

नाबालिग किशोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका वाईसीएल नेता निलम्बित

बिज्ञापन
बिज्ञापन

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले कर्णाली प्रदेश समिति सदस्य रमेश केसीलाई निलम्बन गरेको छ ।

बिज्ञापन

वाईसीएल कर्णाली प्रदेश समितिका अध्यक्ष लक्ष्मण वली र सचिव लोकेन्द्र रानाले विज्ञप्ति जारी गर्दै नाबालिक किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि केसीलाई संगठनबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–४ का ३० वर्षीय केसीलाई प्रहरीले जाजरकोटकी नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गएको बिहीबार नै पक्राउ गरेको थियो । केसी वाईसीएलको चौरजहारी नगर कमिटीका इन्चार्जसमेत हुन् ।

बिज्ञापन

केसीको बलात्कारमा परेकी १७ वर्षीया किशोरीबाट एक वर्षअघि नै शिशुको जन्मसमेत भइसकेको खुलेको छ । केसीले आफूलाई २०७९ सालमा बलात्कार गरेको आरोप किशोरीको छ । १७ वर्षको उमेरमा केसीले आफूलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेको आरोप उनले लगाएकी छन् । पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ । छोरीको जन्म भएपछि केसीले ‘सबै खर्च व्यवस्थापन गर्छु, मुद्दा मामिला नगर’ भन्दै रोक्दै आएका थिए ।

तर, पछिल्लो समय उनले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते