होमपेज > हिमालयन बैंकको विवाद फेरि अदालतमा

हिमालयन बैंकको विवाद फेरि अदालतमा

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ। बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियम अनुसार ३० प्रतिशत पुर्‍याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो।

बिज्ञापन

हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ (१) र ९ (४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न भन्दै हालका संचालक मध्येका एक संचालकले मुद्दा दायर गरेका हुन्।

बिज्ञापन

मुद्दामा बैंकका केही निहीत स्वार्थ भएका संचालकहरुले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ। यसअघि पनि हिमालयन बैंकको विवाद पटकपटक अदालत पुगेको थियो।

हिमालयन बैंकमा स्थापनाकालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक सेयरधनीको रुपमा छन्। मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हबिब बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी संस्थापक सेयरधनी हुन्। यी ४ संस्थापक सेयरधनीबाहेक बैंकमा कर्मचारी सञ्चय कोष तथा सर्वसाधारणको समेत सेयर हिस्सा छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते