होमपेज > माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

बिज्ञापन
बिज्ञापन

माबिलुङ्ग इनर्जी लिमिटेडले यही असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) सुरू गर्ने भएको छ।

बिज्ञापन

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। प्रथम चरणमा, कम्पनीले ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभाविततर्फको आईपीओमा संखुवासभा जिल्लाको मादी नगरपालिका–७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ वडामा स्थायी रूपमा बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।

बिज्ञापन

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार ४ गते रहेको छ। आयोजना प्रभावित समूहबाट पूर्ण आवेदन नपरेमा यो अवधि असार १९ गतेसम्म लम्बिन सक्नेछ। तर, वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि अवधि नलम्बिने कम्पनीले स्पष्ट पारेको छ। आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै, ग्लोबल आइएमई बैंक ९चैनपुर शाखा०, हिमालयन बैंक ९मादी नगरपालिका शाखा०, लक्ष्मी सनराइज बैंक ९खाँदबारी शाखा० र आयोजनाको पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

यसका अतिरिक्त, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयर पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते