राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
बिज्ञापन
बैठक शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।
बिज्ञापन
त्यस्तै शनिबार प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठक अघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।








