होमपेज > ३५ महिनाकै उच्च पुग्यो सेयर बजार, कति भयो कारोबार?

३५ महिनाकै उच्च पुग्यो सेयर बजार, कति भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो ।

बिज्ञापन

त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो ।
आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

बिज्ञापन

बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे ।

सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावरको ९.८, आरम्भ चौतारी लघुवित्तको ९.७, मल्टिपर्पस फाइनान्सको ८.९, साल्ट ट्रेडिङको ८.१ तथा आईसीएफसी फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते