होमपेज > स्वास्थ्यमन्त्री पौडेलद्धारा विश्व समुदायलाई नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा भैइरहेका प्रयासबारे जानकारी

स्वास्थ्यमन्त्री पौडेलद्धारा विश्व समुदायलाई नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा भैइरहेका प्रयासबारे जानकारी

बिज्ञापन
बिज्ञापन

संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

बिज्ञापन

उक्त कार्यक्रम थाइल्याण्डको बैंककमा सम्पन्न भएको हो। नेपालका तर्फबाट मन्त्री पौडेलले कार्यक्रममा सम्मेलन सम्बोधन गरेका हुन्। उनले, नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरेका छौं । हामीले डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालय स्तरीय सहकार्य अझ व्यापक पार्नेछौं ।’

बिज्ञापन

मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा  डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइसमेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए । उनले नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको बताए ।

बिज्ञापन

मन्त्री पौडेलले घटना दर्ता समावशी र प्रभावकारी बनाउने कार्यमा नेपालले दु्रत लक्ष्य राखेर काम गरेको बताए । मन्त्री पौडेलले क्षेत्रीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए ।  सम्मेलनमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहभागी सह सचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भैइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए। उनले जनसंख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको भन्दै यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते