डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
लघुवित्तले ४० जना कनिष्ठ कार्यक्रम सहायक माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसइई वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ। +२ वा सो सरह उत्तीर्णलाई प्राथमिकता दिइने संस्थाको भनाइ छ। लघुवित्त संस्थामा लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्य अनुभव भई कार्यरत भएको हुनु पर्नेछ।
बिज्ञापन
कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाइकल चालक अनुमति प्राप्तलाई प्राथमिकता दिइने लघुवित्तको भनाइ छ। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ। परीक्षा दस्तुर तीन सय रूपैयाँ लाग्नेछ। इच्छुकले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन्।









