होमपेज > मधेसका अर्थमन्त्रीलगायतविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेसका अर्थमन्त्रीलगायतविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्प विष संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि विनियोजित सरकारी रकम दुरुपयोग प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

बिज्ञापन

आयोगले मधेश प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मान बहादुर खड्का लगायतलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

बिज्ञापन

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश परियोजनाअनुसार नेपाल सरकार र प्रदेश सरकारको लागत साझेदारीमा सर्प विष संकलन, प्रशोधन तथा उत्पादन केन्द्र निर्माणका लागि सरकारी रकम विनियोजन गरिएको थियो। तर, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालू नामक गैरसरकारी संस्थारकम्पनीलाई लागत साझेदारी शून्य हुँदा पनि सरकारी रकम उपलब्ध गराइएको पाइएपछि आयोगले यो कार्य प्रचलित कानुनविपरीत भएको ठहर गर्दै मुद्दा दायर गरेको हो।

आयोगका अनुसार विशेष अदालत, काठमाडौंले २०८१ साल असार २५ गते उक्त मुद्दामा आंशिक सफाइ दिएपछि आयोगले बुधबार सो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले प्रतिवादीहरूमाथि कैद, जरिवाना तथा दुरुपयोग भएको रकम असुल उपर गरिनुपर्ने माग गरेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते