नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।
बिज्ञापन
नेपाल राष्ट्र बैंक गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन् ।
बिज्ञापन
२०६२ सालमानेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका पण्डित यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत थिए ।








