होमपेज > राप्ती हाईड्रोले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

राप्ती हाईड्रोले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

बिज्ञापन
बिज्ञापन

असार १ गतेदेखि राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

बिज्ञापन

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म रहेको छ।

बिज्ञापन

हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ। साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।

त्यसैगरी धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते