होमपेज > नबिल बैंकको ‘दक्ष प्रवासी उद्यमशील कर्जा’: सीप विदेशमा, सम्भावना स्वदेशमा 

नबिल बैंकको ‘दक्ष प्रवासी उद्यमशील कर्जा’: सीप विदेशमा, सम्भावना स्वदेशमा 

बिज्ञापन
बिज्ञापन

जब युवाहरु विदेशमा सीप बोकेर स्वदेश फर्किन्छन्, तब ठूलो समस्या हुन्छ-पुँजीको। ‘सीप त छ, तर व्यवसाय सुरु गर्ने बाटो छैन’ भन्ने समस्यालाई सम्बोधन गर्दै नबिल बैंकले ल्याएको ‘दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना अहिले स्वदेशमै उद्यम सुरु गर्ने युवाका लागि आशाको किरण बनेको छ।

बिज्ञापन

दाङको राप्ती गाउँपालिका–४ की टीका भण्डारी खत्री बिहान सूर्योदयसँगै आफ्ना बाख्रालाई घाँस खुवाउने चटारोमा हुन्छिन्। गाउँमै सुरु गरेको बाख्रापालन र तरकारी खेती व्यवसाय उनका लागि केवल आम्दानीको स्रोत मात्रै होइन, विदेशिएका श्रीमान्लाई फर्किएपछि समेट्ने सपना पनि हो।

बिज्ञापन

टीका भन्छिन्, “पहिला व्यवसायको सोच त थियो, तर पुँजी थिएन। अब बैंकले सहज कर्जा दिएको छ, श्रीमान् फर्किएपछि हामी गाउँमै राम्रो व्यवसाय चलाउनेछौं।”

उनीजस्ता हजारौँ नेपाली युवाहरूले विदेशमा आर्जेको सीपलाई स्वदेशमै प्रयोग गरेर आत्मनिर्भर बन्न सकुन् भनेर नबिल बैंकले सुरु गरेको हो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना। नबिल बैंकले माघ ११, २०८० मा सुरु गरेको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजनाबाट हालसम्म धेरैले लाभ लिइसकेका छन्। कर्जा लिन आवेदन दिनेहरूको संख्या दिनहुँ बढिरहेको छ ।

बिज्ञापन

सपना विदेशमा, अवसर स्वदेशमै
हजारौँ नेपाली युवा देश छाडेर मलेशिया, खाडी मुलुक, कोरिया र युरोपमा गएका छन्। उनीहरूले घर बनाउने, मेसिन चलाउने, खाना पकाउने, सवारी चलाउनेजस्ता विभिन्न सीप सिकेका छन्। तर जब ती सीप बोकेर स्वदेश फर्किन्छन्, तब ठूलो समस्या हुन्छ-पुँजीको। ‘सीप त छ, तर व्यवसाय सुरु गर्ने बाटो छैन’ भन्ने समस्यालाई सम्बोधन गर्दै नबिल बैंकले ल्याएको ‘दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना अहिले स्वदेशमै उद्यम सुरु गर्ने युवाका लागि आशाको किरण बनेको छ।

उद्यमशीलतामा केन्द्रित कर्जा: कसका लागि, किन?
नबिल बैंकका अनुसार, यो योजना वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिक र उनीहरूका परिवारका लागि लक्षित छ, जसले साना तथा मझौला व्यवसाय सुरु गर्न चाहन्छन्। मुख्य मापदण्डहरू मध्ये:

वैदेशिक रोजगारीबाट फर्किएको व्यक्ति अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिको घर परिवारका सदस्य,

व्यवसायिक योजना एकल स्वामित्वको हकमा सञ्चालक वैदेशिक रोजगारीबाट फर्किएका वा एकघर परिवारका सदस्य हुनुपर्नेछ।

साझेदारी व्यवसायको हकमा कम्तीमा ५०% सेयर वैदेशिक रोजगारीबाट फर्किएका वा वैदेशिक रोजगारीमा
रहेको व्यक्तिको एकघर परिवारका सदस्यको स्वामित्वमा हुनुपर्नेछ।

लिमिटेड कम्पनी को हकमा कम्तीमा १०% सेयर वैदेशिक रोजगारीबाट फर्किएका वा वैदेशिक रोजगारीमा रहेको व्यक्तिको एकघर परिवारका सदस्यको स्वामित्वमा हुनुपर्नेछ।

कर्जा सुरक्षण तथा व्यक्तिगत जमानत व्यवस्थाको निर्णय परियोजनाको आधारमा बैंकको नियमानुसार गरिनेछ । साथै, कर्जा लिँदा परम्परागत धरौटी आवश्यक नपर्न पनि सक्छ। कर्जाको परिमाणअनुसार बैंकले न्यूनतम जमानत माग गर्न सक्छ तर सीप र योजना मात्रै पनि आधार बन्न सक्छन्।

कसरी पाइन्छ कर्जा?
कर्जा पाउन बैंकका शाखाहरूमा सिधै सम्पर्क गर्न सकिन्छ। साथै, अनलाइन जानकारी लिएर फारम भरेर प्रक्रिया सुरु गर्न सकिन्छ। आवश्यक कागजात बुझाएपछि ३–५ कार्यदिनभित्रै कर्जा स्वीकृति हुने व्यवस्था छ।

कर्जाको सीमा: १० करोड रुपैयाँसम्म
अवधि: अधिकतम १० वर्ष
ब्याजदर: सहज र प्रतिस्पर्धात्मक
लगानीका क्षेत्रहरू: सीपअनुसार व्यवसाय

नबिल बैंकले सीपमूलक व्यवसायलाई प्राथमिकता दिएको छ। मुख्य क्षेत्रहरूमा:

कृषि तथा पशुपालन: तरकारी खेती, डेरी, कुखुरा/बाख्रा पालन
घरेलु उद्योग: सिलाई, बेकरी, फर्निचर निर्माण
सेवा: सैलुन, मोबाइल मर्मत, होटल
सूचना प्रविधि र सवारी सेवा

कर्जा मात्रै होइन, सीपमा निखार र बजारमा पहुँच
कर्जा लिएर मात्र व्यवसाय टिक्दैन भन्ने बुझाइसँगै, नबिलले उद्यमीहरूलाई व्यवसाय सञ्चालन, वित्तीय योजना, र बजार व्यवस्थापन सम्बन्धी तालिम र परामर्श पनि प्रदान गर्छ। बैंकले स्थापना गरेको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरशिप’ मार्फत इच्छुक उद्यमीहरूलाई आवश्यक सीप अभिवृद्धिको तालिम दिइन्छ।

दीर्घकालीन सोच: केवल आज होइन, भोलिका लागि पनि
नबिल बैंकले यो योजनालाई स्थानीय अर्थतन्त्रको सुदृढीकरण, रेमिट्यान्सको उत्पादनशील प्रयोग, र दीर्घकालीन रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ अघि सारेको बैंकको दाबी छ। योजना सफल बनाउन बैंकले श्रम मन्त्रालय, नेपाल महिला उद्यमी महासंघलगायत संघसंस्थासँग सहकार्य गरेर सीपमूलक तालिम, दिगो बैंकिङ अभ्यास, र द्रुत कर्जा स्वीकृति प्रणाली जस्ता विषयमा सुधार ल्याउने तयारी गरिरहेको छ।

‘देशमै केही गरौँ’ भन्ने सोचका लागि एक अवसर
‘दक्ष प्रवासी उद्यमशील कर्जा योजना’ केवल ऋण दिने कार्यक्रम होइन, देश फर्किएका नेपालीहरूको आत्मसम्मान र भविष्य निर्माण गर्ने अभियान हो। देशबाहिर कमाएको सीपले जब स्वदेशमै व्यवसाय जन्माउँछ, तब त्यसले केवल एक जनालाई होइन-पूरा समुदायलाई उज्यालो दिन सक्छ। नबिलको यो योजना अब प्रवासी नेपालीका लागि एउटा सन्देश हो: “फर्केर केही गरौँ, आफ्नै माटोमा सपना रोपौँ।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते