होमपेज > ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०

ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०

बिज्ञापन
बिज्ञापन

बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च गर्ने तयारी गरिरहेको छ। डिलरशिपमा सो बाइक पुग्न थालेको संकेतले यसको लन्च मिति नजिकिएको स्पष्ट हुन्छ। सो बाइक मे २०२५ को पहिलो वा दोस्रो हप्तामा लन्च हुनेछ।

बिज्ञापन

नयाँ डोमिनार २५० मा सबैभन्दा महत्वपूर्ण परिवर्तन यसको इन्स्ट्रयुमेन्ट कन्सोलमा देखिन्छ। यसमा अब बजाज पल्सर एनएस२०० मा प्रयोग गरिएको कन्सोल जस्तै देख्न सकिनेछ। यस कन्सोलमार्फत प्रयोगकर्ताले टर्न–बाई–टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट र स्मार्टफोन कनेक्टिभिटी जस्ता स्मार्ट सुविधा पाउने छन्।

बिज्ञापन

नयाँ मोडलमा नयाँ ट्रयाक्सन कन्ट्रोल सिस्टम र एबीएस मोड पनि समावेश गरिने सम्भावना छ। ट्र्याक्सन कन्ट्रोलले विशेषगरी नयाँ राइडरलाई चिप्लो सतहमा बाइक नियन्त्रणमा राख्न सहयोग पुर्‍याउछ। बाइकमा रोड, रेन र अफरोड गरी ३ वटा एबीएस मोड उपलब्ध हुने अनुमान गरिएको छ।

बाइकमा २४८.७७ सीसी क्षमताको लिक्विड–कुल्ड, सिंगलसिलिन्डर इन्जिन प्रयोग हुनेछ, जसले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। बाइक इन्भर्टेड फोर्क र मोनोशक सस्पेन्सनसहित प्रस्तुत गरिनेछ। १७ इन्चको अलोय ह्विल र ट्युबलेस टायर सहितको सो बाइकमा, अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइनेछ, जुन ड्युअल च्यानल एबीएस सिस्टमले सुसज्जित हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते