छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् ।
बिज्ञापन
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
बिज्ञापन
तोकिएको यस म्यादभित्र संस्थापक शेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ।








