होमपेज > सिटिजन्स बैंक १९औँ वर्षमा प्रवेश

सिटिजन्स बैंक १९औँ वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनलले घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइबसेका करिब १९ सय व्यक्तिलाई भोजनको प्रबन्ध गरेको छ । बैंकले १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा २० चैत ०८१ देखि ६ वैशाख ०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आज १८औँ वार्षिकोत्सव मनाउँदै छ ।

बिज्ञापन

बैंकका अनुसार भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी–किनार, सडकछेउमा र पुलमुनि बस्ने घरबारविहीनलाई भोजन वितरण गरिएको हो ।

बिज्ञापन

साथै, बैंकले २ चैतदेखि ५ वैशाखसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिसकेको छ । जसअन्तर्गत कोशीको हल्दिबारी र महेन्द्रचोक, मधेशको विद्यापति चोक, बागमतीको बुढानीलकण्ठमा शिविर सञ्चालन गरेको हो । त्यसैगरी, गण्डकीको अमरापुरी, लुम्बिनीको हस्पिटललाइन र जितपुर, कर्णालीको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविर आयोजना गरेको हो । यी स्वास्थ्य शिविरबाट करिब १७ सयजना बिरामीले लाभ प्राप्त गरेका छन् ।

बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विविध कार्यक्रम गर्दै आइरहेको छ । साथै, सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । भावी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ । बैंकले देशभरि दुई सय शाखा, एक सय ६८ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते