होमपेज > सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

बिज्ञापन
बिज्ञापन

सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

बिज्ञापन

उक्त विवरण अनुुसार गत वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा १४.८० प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा सो नाफा बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाघेको हो।

बिज्ञापन

त्यस्तै यस वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन नाफा पनि सामान्य बढेर ६ अर्ब रुपैयाँ नाघेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने साढे ६ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १९ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २७ पैसाबाट बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा, बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) २ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते