होमपेज > विद्यालय भर्ना अभियान सुरु: शिक्षा बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

विद्यालय भर्ना अभियान सुरु: शिक्षा बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

बिज्ञापन
बिज्ञापन

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सुरु भएको हो । सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न नेपाल सरकारले आग्रह गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

बिज्ञापन

साथै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् । देशभरका शिक्षक तथा कर्मचारीहरु शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता जनाएका छन् ।

अहिले अनिवार्य तथा निःशुःल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या करिब २० प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै यो हाम्रा निम्ति दुःखको कुरा भएको बताएका छन् ।

बिज्ञापन

गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो ।’ त्यसैले बालबालिकाहरुलाई विद्यालय बाहिर राख्न नसकिने उनले उल्लेख गरेका छन् । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मिहिनेत गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

उनले भनेका छन्, ‘यसमा थप सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने छ । यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा रहेको छ ।’

-हेर्नुहोस् प्रधानमन्त्रीको शुभकामना सन्देश:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते