होमपेज > वैशाखका लागि अधिकांश बैंकको ब्याजदर यथावत, कुन बैंकको कति?

वैशाखका लागि अधिकांश बैंकको ब्याजदर यथावत, कुन बैंकको कति?

बिज्ञापन
बिज्ञापन

वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकहरूमध्ये १६ वटाले चैत महिनाको ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्ने निर्णय गरेका छन्। बाँकी ४ वटामध्ये ३ वटाले ब्याजदर घटाएका छन् भने १ वटाले बढाएको छ।

बिज्ञापन

ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन्। कुमारी बैंकले अब व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.९२ प्रतिशत ब्याज दिनेछ भने संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि उक्त बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याज दिँदै आएको थियो।

बिज्ञापन

सानिमा बैंकले ब्याजदर घटाएर वैशाखमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याज दिने जनाएको छ। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाउँदै ५.१५ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, ब्याजदर बढाउने बैंकमा एभरेष्ट बैंक रहेको छ। बैंकले वैशाख महिनामा ब्याजदर बढाउँदै ६.६१ प्रतिशत पुर्‍याएको छ, जुन चैतमा ६ प्रतिशत थियो।

चैत महिनाका ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा ग्लोबल आईएमई बैंक (६%), कृषि विकास बैंक (५.५१%), हिमालयन बैंक (५.५%), लक्ष्मी सनराइज बैंक (५.७५%), माछापुच्छ्रे बैंक (६%), एनएमबि बैंक (६.६०%), प्राइम कमर्सियल बैंक (६.२५%), प्रभु बैंक (६.१०%), राष्ट्रिय वाणिज्य बैंक (६%), नेपाल एसबीआई बैंक (५.५%), सिद्धार्थ बैंक (६%) र स्ट्यान्डर्ड चार्टर्ड बैंक (६.२५%) छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते