होमपेज > अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं फर्काइयो

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं फर्काइयो

बिज्ञापन
बिज्ञापन

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ।

बिज्ञापन

आधिकारिक कागजातविनै अमेरिकामा बसेका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो। अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा एक महिला र सात पुरुष छन्।

बिज्ञापन

ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो। अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो। यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ। यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए।

तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो। नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते