होमपेज > तीनकुने घटनाका मृतक परिवारलाई भेटेर बालेन शाहले दिए सहयोगको आश्वासन

तीनकुने घटनाका मृतक परिवारलाई भेटेर बालेन शाहले दिए सहयोगको आश्वासन

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिएका छन् ।

बिज्ञापन

उनले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरुलाई भेटेका थिए । सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिएका हुन् । चैत १५ गते राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परी रजकले ज्यान गुमाएका थिए ।

बिज्ञापन

सो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ । सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर शाहले भने ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते