होमपेज > भृकुटीमण्डपमा प्रदर्शन गर्न नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने

भृकुटीमण्डपमा प्रदर्शन गर्न नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।

बिज्ञापन

प्रवक्ता मोहन श्रेष्ठले सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा कार्यक्रम गरिने तय भएको जानकारी दिए । राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको उल्लेख गर्दै श्रेष्ठले शान्तिपूर्ण प्रदर्शन जहाँ गर्दा पनि फरक नपर्ने बताए ।

बिज्ञापन

‘हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हौँ । कुनै हिंसात्मक प्रदर्शन नभएकाले नियम कानुनले दिने हो भने सिंहदरबारमै अनुमति दिँदा पनि फरक पर्दैनथ्यो’, उनले भने, ‘तर सरकारले भृकुटीमण्डपमा नदिने जुन निर्णय गर्‍यो यो सर्वसत्तावादी चरित्र हो ।’

आइतबार जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते