होमपेज > काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको जागिर धरापमा

काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको जागिर धरापमा

बिज्ञापन
बिज्ञापन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको जागिर धरापमा परेको छ।

बिज्ञापन

उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठ आएसँगै सह-सचिव आचार्यको पद जाने निश्चित भएको हो। भारतबाट नक्कली प्रमाण ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुर मान्नुपर्ने ठहर गरेको छ।

बिज्ञापन

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आचार्यलाई दोषी ठहर गरेको हो। उक्त इजलासको फैसलाको पूर्णपाठमा आचार्यलाई यसअघि सफाइ दिँदा लिइएका आधार त्रुटिपूर्ण रहेको ठहर गरेको छ।

गत असार २० गते भएको फैसलाको पूर्णपाठ हालै सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। फैसला अनुसार २०४९ सालमा एसएलसी गरेका आचार्यले २०५२ साल (सन् १९९५) मा भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको झुटा प्रमाण पत्र देखाएर त्रिभुवन विश्वविद्यालयबाट बिएडको उपाधि हासिल गरेका छन्। उनले पछि नेपालबाटै आइए उत्तीर्ण गरेको दाबी लिँदा नेपालकै प्रमाण पत्र देखाएका छन् तर त्यो उपाधि बिएड उत्तीर्ण गरेकै वर्ष पाएका छन्।

बिज्ञापन

आइएको झुटा प्रमाणपत्र देखाएर लिइएको बिएड उपाधिले वैधानिकता नपाउने सर्वोच्चको पूर्ण इजलासले व्याख्या गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते