होमपेज > तीनकुने घटनामा हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

तीनकुने घटनामा हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गरेको प्रदर्शनमा भएको हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुने बताएका छन् । उनले यसका लागि न्यायिक छानबिन आवश्यक नहुन पनि सक्ने बताएका हुन् ।

बिज्ञापन

शनिबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन ।’ त्यस्तै, शिक्षकहरूको आन्दोलनको विषयमा उनले यसलाई सरकारले नकारात्मक दृष्टिकोणले नहेरेको स्पष्ट पार्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन

उनले भने, ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले प्रदर्शन गर्नुहुन्न थियो । किनभने प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भन्ने किन प्रदर्शन गर्ने ? यसपटक आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास भएर आउनुभएको हो ।’

उनले थपे, ‘हामीहरू कुराकानी गर्छौँ, उहाँहरूको कुरा सुन्छौँ । न उहाँहरू सरकार विरोधी हो न सरकार उहाँहरू विरोधी हो । सबै हामी एउटै हौँ । के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।’

बिज्ञापन

‘उहाँहरूसँग आइहाल्नुभएकै छ । सानो डेलिगेसन आएको भए पनि हुन्थ्यो । पहिलेको जस्तो सरकारले सुन्दैन कि भनेर ठान्नु भयो होला,’ उनले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते