होमपेज > पपुवा न्यु गिनीमा ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्प

पपुवा न्यु गिनीमा ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्प

बिज्ञापन
बिज्ञापन

पपुवा न्यु गिनीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । न्यु ब्रिटेन नजिकै गएको पछिल्लो भूकम्प रिक्टर स्केलमा ६.९ मापन गरिएको थियो।

बिज्ञापन

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी गरिए पनि यो चेतावनी एक घण्टा पछि फिर्ता लिइएको थियो । नेपाली समय अनुसार बिहान १.४५ बजे गएको भूकम्पको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकोको थियो। यसको केन्द्रबिन्दु किम्बे सहरबाट १९४ किलोमिटर (१२० माइल) पूर्वमा पत्ता लागेको थियो।

बिज्ञापन

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पका कारण पपुवा न्यु गिनीको तटीय क्षेत्रका केही भागमा १ देखि ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी दिइएको थियो। न्यू ब्रिटेन टापुमा लगभग ५ लाख मानिसहरू बसोबास गर्छन्।

पपुवा न्यु गिनी प्रशान्त महासागरलाई घेरेको ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन विश्वमा सबैभन्दा धेरै भूकम्पीय र ज्वालामुखी गतिविधि हुने ठाउँ हो। त्यसैले, यस देशमा भूकम्पको खतरा सधैँ रहन्छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते